Logo

नेपालका यी ८ जिल्लामा छन् ५०० भन्दा बढी सक्रिय संक्रमित



 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ हजार १२ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ४१० जना र उपत्यका बाहिर झापामा १४८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै सुनसरीमा १११, र कास्कीमा १४६ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ९७, भक्तपुरमा ८०, नुवाकोटमा ६०, चितवनमा ५३ र मोरङमा ६० जना संक्रमित थपिएका छन् । यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकासहित मुलुकभरका ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ । देशका २५ जिल्लामा २ सयभन्दा बढी रहेको छ । नेपालमा आज पुष्टि भएका १२ जनासँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ । आज २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म देशभर होम आइसोलेसनमा २३ हजार ४३९, संस्थागत आइसोलेसनमा २ हजार ७२२, आईसीयूमा ५८६ र भेन्टिलेटरमा १८२ जना रहेका छन् । नेपालमा कोभिड आजसम्म कोभिड संक्रकमितको जम्मा संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ भने संक्रमणमुक्त हुने दर ९४।६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता