Logo

कैलालीका ३ जना संक्रमितलाई आइसोलेसन लैजानदै गर्दा चल्दै गरेको एम्बुलेन्सबाटै हाम्फालेर भागे पछि…



काठमाडौ । भारतीय सिमानामा रहेका जिल्लामा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिएको छ । भारतसंग अन्य मुलुकले हवाई सेवा बन्द गरे नेपालको विमानस्थल प्रयोग गर्न भारतीयको लर्को काठमाडौमा लाग्यो । अहिले काठमाडौमा पनि कोरोनाको दोस्रो लहर महामारीकै रुपमा फैलिएको छ । भारतीय सिमानामा रहेको कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।

उनीहरु पनि भारतवाटै नेपाल आएका भारतीय नागरिक हुन् । त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेका हुन् ।

नेपालमा कामदारको रहेका ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा कोरोना देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।

‘स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,’ एम्बुलेन्स चालक दिनेश लामाले भने, ‘रोक्नरसमाउन खोज्दा भागेर जंगल पसे ।’ एम्बुलेन्समा ७ जना संक्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता