Logo

नेपालमा बालबालिका खतरामा, नयाँ कोरोना ‘युके भेरियन्ट’ वाट संक्रमित १७० बालबालिका संक्रमित



काठमाडौँ। नेपालमा खतरा मानिएको नयाँ प्रजातिको कोरोनावाट बालबालिका धेरै प्रभावित भएका छन् । अहिले सम्म १७० जना बालबालिका प्रभावित भएका छन् । नेपालमा नयाँ भेरियन्टको कोरोना केही दिन यता बढ्दो दरमा देखिएको छ । अहिले युवा तथा बालबालिकाहरुमा युके भेरियन्ट कोरोनाको जोखिम बढेको जनाइएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो तीन दिन अर्थात विहीबारसम्म १९ वर्ष मुनिका १७० जनामा नयाँ किसिमको कोरोना भाइरस पुष्टि भएको छ ।

विहीबार ५३४ जनामा कोरोना भाइरसको पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ५२ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । जसमा १० देखि १९ वर्ष उमेर समूहका ४० र ९ वर्षसम्मको उमेर समूहका १२ जना छन् ।

बुधबार ६०३ जनामा कोरोना पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ७० जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी मंगलबार ५१७ जनामा कोरोना भाइरस पुष्टि हुँदा १९ वर्ष मुनिका उमेर समूहका ४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलेको तथ्यांकमा उल्लेख छ । यस्तो छ उमेर समूह अनुसार मंगलबार, बुधबार र विहीबारको तथ्यांक

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १० वर्ष उमेर समूहका बालबालिकामध्ये ६ हजार ५८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्ष उमेर समूहका १ लाख ८ हजार ४०८ जनामा कोरोना पुष्टि भएको छ ।
अर्को समाचार हेर्नुुहोस्

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको अध्यक्ष लामाको भनाइ छ । विमानस्थल जोखिममा पर्न थालेपछि माटो खन्ने कार्य रोक्नका लागि जिल्लास्थित सुरक्षा अधिकारीसँग छलफल भइरहेको बताए । ‘सिमकोट रिङ रोडका लागि खेल मैदानको माथि केही जग्गा खाली राखिएको हो’ उनले भने, ‘तर लुकिछिपी माटो खनेर लिनेहरूका कारण उक्त जग्गा नै भत्किन थालेपछि सिमकोट विमानस्थल नैं जोखिममा परेको हो ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता