Logo

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १।३१ लाखभन्दा बढी बिरामी भेटिए



एजेन्सी । भारतमा कोरोनाकारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । कोरोनाबाट निधन हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता