२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा कोरोना पुष्टि भएको हो ।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा ७३,४५५ पुगेको छ । कोरोना बाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।