Logo

दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै



देउखुरी । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११औ पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका ५४२ मा गरिएको नमूना परीक्षणमा ६।२२ प्रतिशत अर्थात १५८ यो रोगको सङ्क्रमण देखिएको छ ।

हात्तीपाइले रोग रेशा जस्ता कीटाणुकोबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । राप्ती गाउँपालिकाका ३३ हजार २९३ लाई औषधि खुवाइ ३२२ मा कीटाणुको जाँच गर्दा ९ प्रतिशत अर्थात २३ मा हात्तीपाइले रोगका कीटाणु देखिएकाले यसलाई न्यून गर्न सरोकारवालाबीच छलफल गरिएको हो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण राउतले विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधि खुवाउन थालिएको जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता