Logo

कोरोनाको दोस्रो लहर सुरु भएपछि बल्ल डब्लुएचओले कोरोनाको स्रोत पत्ता लगायो, यसरी सरेको रहेछ मान्छेमा कोरोना



काठमाडौ । चिनियाँ र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको स्रोत पत्ता लागेको दावी गरेको छ । डब्लुएचओको संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। चमेरामा पनि अर्कै जनावरवाट कोरोना प्रवेश गरेको र मानिसमा भने चमेरावाट सरेको दावी गरेको छ ।

एसोसिएटेड प्रेस एपीलाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन्।
लअभिि

यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ। चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन डब्लूएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता