Logo

शिवरात्रिमा पशुपति दर्शन जाने दर्शननार्थिहरुको मास्क अनिवार्य लगाउनुपर्ने



काठमाडौँ । शिवरात्रिमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ । लाखौंको संख्यामा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले बताए ।
‘भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्नेछ । सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गर्नेछौं,’ उनले भने, ‘बिहीबार परेको शिवरात्रिका लागि तयारी लगभग सकिएको छ ।

’ उनका अनुसार दर्शनार्थीको लाइन व्यवस्थापन, सुरक्षालगायतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कोषका सुरक्षाकर्मी गरी १० हजार सुरक्षाकर्मी खटिनेछन् ।

त्यसबाहेक नेपाल स्काउटका ४ हजार स्वयंसेवक पनि सक्रिय रहनेछन् । सुरक्षा, आवास, भोजनलगायतको व्यवस्थापनका लागि ११ वटा समिति बनाइएको छ । साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता