Logo

जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ? एक चोटी अबश्य पढ्नुहोस्



दम्पतिले चाहाँदा चाहाँदै पनि लामो समय सम्म बच्चा नहुने समस्यालाई बाझोपनाको संज्ञा दिईन्छ । हाम्रो समाजले विवाहको लामो समय सम्म पनि बच्चा जन्मिएन भने महिलालाई बाझी जस्ता अनेक लान्छना लागाउँने गर्दछन् । समाजले बच्चा नहुनुमा जहिले पनि महिलाकै समस्याको रुपमा लिन्छ । हाम्रो समाजले श्रीमान र श्रीमती कसको कमजोरीका कारण बच्चा नभएको यर्थात कुरा कहिले जान्न खोज्दैनन् ।

कतिपय परिवारले बच्चा नजन्मेकै कारण महिलालाई डिभोर्स दिने वा दोस्रो विवाह गरिदिएको घटनाहरु हामिले देख्दै आइरहेका छौं । बच्चा नजन्मनुमा प्रायः महिला नै दोष मानिन्छ तर यो नितान्त गलत कुरा हो । मेडिकल विज्ञानले पनि यो कुरा सावित गरिसकेको छ कि महिला गर्भवति नहुनुमा उसको पार्टनरको पनि उत्तिकै हात हुने गर्दछ ।

यस्ता छन् महिलामा देखिने बाझोपनाका कारण बाझोपना महिला र पुरुष दुबैमा हुने समस्या हो । त्यसैले अस्पताल आउँदा श्रीमान श्रीमती नै आउनुपर्ने ब्लु क्रस अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रंगिना लाइकङ्गबमले बताइन् । उनका अनुसार बाझोपना महिलामा मात्र हुन्छ भन्ने हुदैँन । पुरुषमा पनि थुप्रै कारणले बाझोपना भएको हुनसक्छ ।

त्यसैले श्रीमान श्रीमतीकोे नै परिक्षण गराउनुपर्छ ।महिलामा बाझोपना हुनुका कारणहरु पाठेघरको छेउको गर्भ नलि बन्द भएर ।

डिम्बाशयबाट अण्डा ननिस्कदाँ । पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा । थाहा नभएको कारण । सबै उपचार गरिसके पनि गर्भ नबसेको ।उपचार बाझोपना कुन कारणले भएको हो त्यहि अनुसार उपचार गर्नुपर्ने हुन्छ ।

गर्भ नलि बन्द भएको छ भने सुरुमा नली खुलाउने प्रयास गर्नुपर्छ । नलि सत प्रतिशतको नखुल्ला तर प्राय महिलाको खुल्ने गर्छ । नलि बन्द छ भने ट्युबल क्यान्युलेसनको नयाँ तरिका आइसकेको छ । जसमा दुरबिनको सहयोगले नलि खुलाउने प्रयास गरिने उनले बताइन् ।

उनी भन्छिन् त्यस्तै अलिकति पुरानो तरिका हुन्छ । त्यसमा भजाइनाको माध्यमबाट पानीको फोर्सले नलि खुलाउने कोसिस गरिन्छ । यो तरिका त्यति प्रवावकारी मानिदैन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता