Logo

कोरोना बाट अमेरिकामा करिब पाँच लाखको निधन



एजेन्सी । कोरोना को शुरु भएदेखि यता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको निधन भएको छ ।

अमेरिकामा कोरोना कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको निधन भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताएका छन् ।

अमेरिकामा कोरोना बाट चार लाख ९८ हजार जनाको lनिधन भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको निधन घोषणा भएको थियो । एक वर्षपछि कोरोना बाट निधन हुने व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा निधन  हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनुभएको बताइन्छ । तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ ।

यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता