महिनावारीमा पेट, ढाड र कम्मर दुख्छ ? यी हुन् ठीक पार्ने उपाय
महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पीडा हुन्छ महिनावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ ।
महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरसको मात्रामा परिवर्तन आउने गर्दछ ।
यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ ।
यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुःखाइ हुने गर्दछ ।
घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ ।
यी हुन् घरेलु उपाय
दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पूरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।
मेवाः महिनावारी भएको बेला खानाले फाइदा पुर्याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।
गाँजरः गाँजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । विशेषज्ञका अनुसार, एक ग्लास गाँजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्र्दछ ।
तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।
तातो पानीले नुहाउनेस् तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।
कसरतस् हुन त हामीले दिन दिनै कसरत गर्नु जरुरी छ । तर, महिनावारीको पीडा भएको बेलामा कसरत अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।
यसअतिरिक्त आइरन, क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने खाने कुराले पनि दुःखाई कम हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । प्रतिकात्मक तस्वीर