Logo

नेपालमा ल्याइएको कोरोना विरुद्धको खोपवाट हुनसक्छ यस्तो साइडइफेक्ट, यस्ता लक्षण देखिए तत्काल अपनाउनुपर्ने उपायका बारेमा डाक्टरको सुझाव



काठमाडौ । भारतमा उत्पादन भएको कोरोना विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ । नेपालमा पनि कोरोनाको सबैभन्दा बढी जोखिममा रहेकाहरुलाई खोप लगाउने तयारी सुरु गरिएको छ ।

नेपाललाई उपहार स्वरूप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । त्यस्तै अन्य छिमेकी मुलुक भुटान, बंगलादेश, माल्दिभ्स र सेसेल्सलाई पनि उसले खोप उपलब्ध गराएको छ ।

भारतमै पनि सर्वसाधारणका लागि खोप लगाउन सुरु गरिएको छ । खोप लगाएकाहरुमा साइडइफेक्ट पनि देखिएका छन् ।

भारतमा दुई जनाको निधन समेत भएको छ । डा रविन्द्र पाण्डेले लोकान्तरमा खोपका साइडइफेक्टका बारेमा आर्टिकल लेखेका छन् । त्यसैको केही अंश हामिले यहाँ साभार गरेका छौं ।

कुन कुन व्यक्तिले यो खोप लगाउनु हुँदैन ?
यदि तपाईंलाई कुनै औषधि, खोप, खानेकुरा आदिबाट कहिल्यै गम्भीर एलर्जी वा एनाफाइलेटिक शक भएको छ भने पनि यो खोप नलगाउन उत्पादक कम्पनीले भनेको छ । यदि तपाईं इम्युनोकम्प्रोमाइज्ड व्यक्ति हुनुहुन्छ वा इम्युन सिस्टममा असर गर्ने औषधि खानुभएको छ भने यो खोप लगाउनु हुँदैन ।

यदि तपाईंलाई खोपको पहिलो मात्राले असर वा एलर्जी भयो भने अर्को डोज लगाउनुहुँदैन । ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, दूध चुसाइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी आदिले पनि यो खोप जीवनरक्षा बाहेकको अवस्थामा बाहेक लगाउनु हुँदैन भनेर खोप उत्पादकले जनाएको छ ।

खोप लगाएपछि के–के साइड इफेक्ट हुन सक्छ ?
यो खोप अझै पनि क्लिनिकल ट्र्यालमा छ । खोप प्रमाणित भइसकेको अवस्था छैन । तसर्थ यसले अपवाद स्वरूप गम्भीर प्रतिक्रिया जनाउन पनि सक्छ ।

खोप लगाएको २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ जस्तै ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने आदि ।

यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन्छ भने १०० जनामध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिराहरू आउने आदि असरदार लक्षण देखिन सक्छन् ।

खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । त्यो अवधिमा केही असर देखिएन भनेर ढुक्क हुन मिल्दैन । कुनै पनि समयमा गाह्रो भएमा तुरुन्त अस्पताल जानु पर्दछ । कोरोनाको खोप लगाएका केही व्यक्तिको धेरैदिन पछि पनि मृत्यु भएको छ । तसर्थ गाह्रो भएमा घरमै बस्नु हुँदैन ।

खोपले रियाक्सन भएको शुरूमा कसरी थाहा पाउने रु
स्वाश्प्रश्वास प्रणाली – घाँ’टी च्या पे जस्तो अनुभव हुनु, सास फेर्दा घ्यारघ्यार हुनु, सास छोटो भएजस्तो लाग्नु, खोकी लाग्नु ।

पाचन प्रणाली स् वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु । मुटुसम्बन्धीस् रिंगटा लाग्नु, बे’हो’श हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, अचानक ब्ल’ड प्रेसर घट्नु । छाला स् शरीरभर फोका उठ्नु, चिलाउनु, ओठ र मुहार र घाँटी सुन्निनु ।

स्नायु प्रणाली स् बे’हो’श हुनु, मुखबाट फिँज आउनु, मुखको प्यारालाइसिस हुनु, कोमामा जानु आदि । तुरुन्तै श्वास मार्ग, स्वासप्रश्वास, रक्तसञ्चार तथा मानसिक परामर्शको व्यवस्था गर्ने ।

आकस्मिक चिकित्सकको समूहलाई बोलाउने वा बिरामीलाई एम्बुलेन्समा पठाउने व्यवस्था गर्ने , बिरामीलाई उत्तानो पारेर सुताउने, खुट्टा ठाडो पार्ने इपिनेफ्रिन, एन्टी एलर्जिक औषधि, ब्रोंकोडाइलेटर आदि औषधि आवश्यकता अनुसार दिने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता