Logo

जुम्लाहा सन्तान गर्भमा रहेकी आमा फेरि गर्भवती !



के तपाईंले कहिल्यै गर्भवती अवस्थामा फेरि महिला गर्भवती भएको सुन्नु भएको छ । अमेरिकामा यस्तै एक दुर्लभ र विचित्र घटना सार्वजनिक भएको छ ।

अमेरिकाकी एक महिला गर्भवती अवस्थामा नै पुनः अर्को सन्तान गर्भमा बसेको छ । अझ यसमा रोचक त के छ भने ती महिलाको गर्भमा जुम्लाहा सन्तान छन् । अर्थात जुम्लाहा सन्तान गर्भमा रहेकै बेला उनको गर्भमा तेस्रो सन्तानसमेत देखा परेको छ ।

टिकटकमा चर्चित ती महिलाले यस घटनाबारे जानकारी दिएकी हुन् । उनले जानकारी दिएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । ती महिला केही दिन कै अन्तरालमा दोस्रो पटक गर्भवती बनेकी हुन् ।

ती महिलाका अनुसार अब उनले एकसाथ ३ सन्तानलाई जन्म दिने छिन् । तर चिकित्सकका अनुसार उनी यो उनको पहिलो र अन्तिम पटक गर्भवती बन्ने छिन् । उनको तेस्रो सन्तान पहिलो गर्भको १० वा ११ दिन मात्र पछिको रहेको छ । सांकेतिक तस्वीर

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता