Logo

महिला उधमी महासंघको २१ औं साधारण सभा सम्पन्न



काठमाण्डौं,भदौ २७ । महिला उद्यमी महासंघ नेपाल(फेवान) को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार काठमाण्डौको नयाँ बानेश्वरमा आयोजित कार्यक्रम महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्री शोभा ज्ञवाली को अध्यक्षतामा महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय श्री नवल किशोर शाह सुडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथी महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडी ले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भयो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले महिला अधिकारका बिषयमा आफु सँधै दत्तचित्त रहेको र अहिले महिलालाई ३३ प्रतिशत मात्र अधिकार दिएता पनि थोरै रहेको र जनसंख्याको हिसाबले एकाउन्न प्रतिशत हुनु पर्ने बताउनु भयो । आफ्नो स्वास्थ्य र समयको प्रतिकुलताको बावजुत पनि उपस्थित हुन पाउँदा ज्यादै खुशी लागेको बताउनु भयो ।

सभामा महांसघ की महासचिव कुन्नम पोखरेल ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरेकी थिइन् । त्यस्तै महांसघका कोषाध्यक्ष सबिता सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा प्रस्तुत महासचिव र कोषाध्यक्षले प्रस्तुत गरिएका दुबइ प्रतिबेदनलाई सर्वसम्मतले पारित गरेको थियो ।

सभामा पहिलो चरणको कार्यक्रममा भरखरै पारा ओलम्पिकमा काँस्य पदक बिजेता तेक्वाण्डो खेलाडी पलेंशा गोबर्धन लाई नगद रु ५० हजार ५ सय ५१ रुपैंया र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सभाका अध्यक्ष ज्ञवालीले आमन्त्रित सबैलाई धन्यवाद दिदै महिलाको अधिकार र उधमशिलताका बारेमा कृयाशिल हुँदैगएको देखेर अत्यन्तै गर्वलागेको छ । अब यस्तै प्रकारले देश भरका ७० जिल्लामा रहेका उद्यमी महिलाहरुलाई समेट्न पाउँदा महासंघ दरिलो भएको छ । भन्नु भयो ।
अब बेला आएको छ महिला उद्यमका लागि राज्यस्तरबाट १० करोड होइन त्यो भन्दा पनि धेरै रकम बिनियोजन होस् । माग राख्नु भयो ।

सभामा महासंघमा आबद्ध सातै प्रदेशबाट १५० जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।

तस्बिर फोटो पत्रकार रतन बहादुर चन्दले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता