Logo

डा। कर्ण भन्छन्ः सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ



नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको एक अध्ययनले देखाएको छ । छाला तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्णका अनुसार सेतो दबी फैलीने र नफैलीने गरी दुई प्रकारका हुन्छन् ।

फैलने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरी नै फैलन्छ भने, नफैलीने सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ ।

किन आउँछ सेतो दुबी ?

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा। कर्णको भनाइ छ । तर सेतो दुबी कुनै रोग भने होइन । मानिसहरुमा सुन्दरतामा कमी महसुस गरी सतोदुबीको उपचार गर्ने गर्छन् ।

‘सेतो दुबीले शरीरमा कुनै असर गर्दैन, यसको उपचार गर्नै पर्छ भन्ने पनि छैन’ डा। कर्ण भन्छन्, ‘तर शरीरमा आउने दागकै कारण हिनताबोध महसुस हुन्छ र आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ ।’

कसरी हुन्छ उपचार ?

डा। कर्णका अनुसार सेतो दुबीको उपचार तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र अप्रेसनबाट सेतो दुवीको उपचार हुने गरेको डा। कर्णले जानकारी दिए ।

औषधिको प्रयोग

सेतो दुबी हटाउन खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नमेटिएसम्म औषधि सेवन गर्नुपर्छ । शरीरमा भएको सेतो दुबी हटाउन चिकित्सकले सिफरिस गरेको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । औषधि सेवनले दुई महिना देखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जान्छ । सेतो दुबीको उपचार जति छिटो ग¥यो उति छिटो निको हुन्छ, जति कम उमेर भयो त्यति छिटो निको हुने गर्छ ।’

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए ।

फोटो थेरापी

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्धारा उपचार गर्ने विधि हो । फोटो थेरापीमा कृत्रिम सुर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराइ सेतो दाग भएकाहरुको शरीरमा प्रयोग गरिन्छ ।

फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्या‍उछ । फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटक देखि क्रमश दुई पटक गरिन्छ । दाग हराउँदै गएपछि हप्तामा एक पटक मात्रै प्रयोग गरिने र निकोे भएपछि गर्नु पर्दैन ।

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीको माध्यमबाट उपचार गरिन्छ ।

औषधि सेवन र फोटो थेरापीबाट सेतो दुबी निको नभए शल्यक्रिया गरेर पनि सेतो दुबीको उपचार गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता