Logo

नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना



काठमाडौँ। भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना बनाएको छ ।

छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिने योजना बनाएर भारत सरकारले काम अघि सारेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक नेपालले नेपालसहित ६ मुलुकलाई खोप पठाउने समाचारमा उल्लेख गरिएको छ ।

भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा खोप पठाउने तयारी गरेको हो । भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी निर्यातको योजना बनाएका हुन् ।

यो योजनाले पूर्णता भने पाइनसकेको र थप छलफल भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता