Logo

यो कस्तो रोग शरीर भरी मासुको डल्ला पलाएरको मान्छे  ! (भिडियो सहित)



मोरङ । शरीरका प्रायः सबैतिर मासुका डल्ला छन् । ढाडमा मासुको डल्ला झुण्डिएको छ । दाहिने हात, अनुहार र कानमा पनि मासुकै डल्ला छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका – ५ खोलीटारका ३५ वर्षीय सुवास राई भन्छन्, ‘आफूलाई आफैले हेर्दा, हिँडडुल गर्दा दिक्क लाग्छ ।’ उनले यस्तो कष्टकर जीवनयापन गरेको वर्षौ भइसकेको छ ।

उनको घाँटीदेखि कम्मरसम्मको विभिन्न भागमा मासुको पोका ९डल्ला० छन् । अनुहारमा साना दाना, घाँटीदेखि ढाडसम्म झुण्डिएको अजङ्गको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असह्य पीडा हुने गरेको उनले सुनाए । सुत्न बस्न नमिलेर छट्पटिएर रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी सुनाउँछन् । ‘छटपटीमा रात बित्ने गरेको छ । उत्तानो परेर नसुतेको वर्षौै भइसक्यो,’ उनले ढाडमा झुण्डिएको मासुको डल्ला देखाउँदै सुनाए, ‘खाटमा मज्जाले सुत्न पनि मिल्दैन । कोल्टे परेर सुतेको वर्षौ भइसक्यों । यसरी सुत्दा निद्रा पनि लाग्दैन । छटपटीमा रातदिन बित्ने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता