Logo

महिलाको योनी संक्रमण भएमा यस्ता हुन्छन् लक्षण



एजेन्सी, । महिलाको योनीमा संक्रमण हुनु धेरै ठुलो समस्या हो । प्रत्येक वर्ष यसबाट लाखौ महिलाहरु पीडित हुन्छन् । महिलाहरु आफ्नो यस्तो समस्याको बारेमा खुलेर कुरा गर्न नचाहाने हुनाले पनि समयमै सहि उपचार पाउन सक्दैनन् । समस्या झन् बढ्दै जान्छ । वास्तवमा यस्तो संक्रमण प्रजननको समयमा तिव्ररुपमा बढ्छ । हर्मोनल स्तर पनि निरन्तर घट्ने बढ्ने, ब्याक्टेरिया वा यौन गतिविधिको कारण योनीसँग जोडिएका समस्या हुन्छन् ।

योनी संक्रमण ३ प्रकारका हुन्छन्
यीस्ट इन्फेक्सन, बैक्टेरिया इन्फेक्सन र ट्रिकोमोनिसिस

योनी संक्रमण भएमा योनीश्राव हुने, चिलाउने र पोल्ने जस्ता लक्षण देखिन्छन् । फरक–फरक कारणबाट हुने यस्ता संक्रमणको उपचार पनि भिन्न हुन्छ । महिलामा पुरुषको तुलनामा संक्रमण बढी हुन्छ । प्रत्येक महिलाको पुरै जीवनमा कम्तीमा एक पटक संक्रमण हुने गर्छ ।

संक्रमणको यस्तो हुन्छन् लक्षण

योनी चिलाउनु
पोल्नु
असहज महसुस हुनु
योनी वा योनिमार्गमा दुर्खाइ हुनु
यौन सम्पर्कको समयमा वा पिशाप गर्दा पोलेको महसुस गर्नु
सेतो र गाढा योनिश्राव हुनु
कहिले–कहिले संक्रमण यति जटिल हुन्छ कि छालामा घाउँ नै हुन्छ । गर्भावस्था, अनियन्त्रित सुगर र कमजोर प्रतिरक्षा प्रणालीको कारण पनि यस्तो इन्फेक्सन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता