Logo

नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए  ?



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का १ हजार ३८८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३१ जना र ११ देखि २० वर्षका ९९ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३२७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक २७२ जना रहेका छन् । ४१ देखि ५० वर्षका १६७, ५१ देखि ६० वर्षका १५२ जना, ६१ देखि ७० का ८७ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ४२ जना, ८० देखि माथिका ३४ जना रहेका छन् । ३ जनाको उमेर भने खुल्न सकेको छैन । अहिले देशभर ६२५ जना आईसीयूमा र १६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अर्को समाचार
पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

२४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर संक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७ सय ९६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता