Logo

आजवाट कक्षा ११ र १२ का विद्यार्थी तथा ४० वर्ष माथिकाले खोप लगाउन पाउने, कहाँ छ खोप केन्द्र  ?



काठमाडौ । परिक्षामा सहभागी हुने विद्यार्थीले शुक्रवारवाट खोप लगाउन पाउने भएका छन् । काठमाडौं महानगरले शुक्रवारदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागिएको महानगरले जनाएको छ।

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने पनि महानगरले जानकारी दिएको छ।

अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ। साविककै खोप केन्द्रबाट लगाउन सकिने बताइएको छ। यी केन्द्रबाट बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाउन सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता