Logo

यौन चाहना बढाउँछ तारेको लसुनले



काठमाडौँ। काँचो लसुन सेवन गर्नु स्वास्थ्यका हिसावले निकै लाभदायिक रहेको प्रायःसबैलाई ज्ञात नै छ। डाइटिसियनहरूले पनि लसुनका अनेकौं गुणहरूका कारण खानामा दैनिक समावेश गर्न सल्लाह दिने गर्दछन्। तर, के तपाईंले कहिल्यै तारेको लसुन खानु भएको छ ? काँचो लसुन जतिकै तारेको लसुन स्वास्थ्यका निकै लाभदायक हुन्छा।

यसको दैनिकरुपमा सेवन गर्दा धेरै रोगहरु लाग्नबाट बचाउँछ । पेटको स्वास्थ्यका लागि मात्र नभएर यसले तौल घटाउन, कोलेस्ट्रोललाई नियन्त्रण गर्न, मधुमेहको जोखिम कम गर्न, यौन स्वास्थ तथा यौन चाहनालाई पनि कायम राख्न मद्दत गर्दछ।

जानिराखौँ तारेको लसुन खाँदाका फाइदा

– तारेको लसुन दैनिकरुपमा सेवन गर्दा यसले मुटु रोगको जोखिम कम गर्छ। यसले शरीरमा रहेको नराम्रो कोलेस्ट्रोललाई हटाई राम्रो कोलेस्ट्रोलको मात्रालाई बढावा दिन्छ, जसले गर्दा मुटु स्वास्थ्य रहने गर्दछ। यसैगरी, उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक दुई पोटी तारेको लसुन सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहने गर्दछ।

– यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने यस्तो अवस्थामा आफ्नो तौल घटाउने आहारमा काँचो लसुनलाई समावेश गर्न सकिन्छ। लसुनलाई एक भोक नलाग्ने जडिबुटी पनि भनिन्छ। लसुन सेवन गर्दा पेट लामो समयसम्म भरिपूर्ण भए जस्तो अनुभूति हुन्छ, जसका कारण खाना बढी खाइँदैन। यसले शरीरको मेटाबोलिजमलाई पनि सन्तुलनमा राख्दछ। गर्भावस्थामा पनि तारेको लसुन निकै फाइदाजनक हुन्छ, यसले आमा र बच्चा दुवैको स्वास्थ्यको लागि फाइदाजन हुनेगर्दछ।

– तारेको लसुन खाँदा हड्डीहरू बलियो हुने गर्दछ। यसले छिट्टै बुढ्यौली हुने समस्याबाट बचाउने गर्दछ। सुत्नु अघि जहिल्यै राति तारेका लसुनका एक दुई पोटी खाँदा शरीरमा रहेका विषाक्त पदार्थहरू पिसाबबाट निष्कासित हुने गर्दछन्।

– काँचो वा तारेको लसुन दुवै स्वास्थ्यका लागि लाभदायक छन्। यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै क्यान्सर जस्तो प्राण घातक रोगबाट पनि बचाउने गर्दछ। त्यसगरी, लसुनको दैनिक सेवनले हर्मोन्सहरुलाई पनि सन्तुलन राखी यौन स्वास्थ्यलाई कायम राख्दछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता