Logo

काठमाडौमा मात्र यति धेरै संक्रमित, रेडजोन भन्दै जिल्ला प्रशासनले गर्दैछ यस्तो निर्णय



काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ । पछिल्लो तथ्य अनुसार काठमाडौ उपत्यकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।

काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसोलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।

अर्को समाचार
शीतल निवासको प्रतीक्षामा माधव समूह, आयोग जाने तयारी
अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष ९माधव नेपाल समूह० नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो ।

मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको अध्यादेश मंगलबारै राष्ट्रपतिले स्वीकृत गरेको भए सोही दिन एमाले नेताहरू निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारीमा थिए । तर, मंगलबार ५ बजेसम्म राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि माधव पक्षको तयारी केही दिन पर सरेको छ ।

सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि बेदुराम भुसाल, डा। विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ ।

‘हामी आफ्नो आन्तरिक तयारी पुरा गरेर आयोग जाने तयारीमै छौ’, ती नेताले भने, ‘मंगलबार नै राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएको भए मंगलबार नै आयोग जाने तयारी थियो तर भएन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता