Logo

नेपाल सरकारले तोकेको सिट भन्दा कम विद्यार्थीहरु उतीर्ण गरेको भन्दै पारामेडिकलका विद्यार्थीले चाले यस्तो कदम



काठमाडौं । नेपाल सरकारले तोके बमोजिमको सिट  संख्या  भन्दा कम विद्यार्थीहरु उतीर्ण गरेको भन्दै पारामेडिकल तर्फका विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् । स्वास्थ क्षेत्र जस्तो गम्भिर बिषयमा चिकित्सा आयोगले लापरवाहि गरेको  र आफ्ना मागहरुलाई सम्बोधन गरिदियोस् भन्दै पारामेडिकलका तर्फका विद्यार्थीले जोडदार माग गर्दै आएका छन् । यदि आफुले गरेका मागहरु आगामी आउने दिनहरुमा पुरा नभएका खण्डम जस्तो सुकै कदम चाल्न पनि बाध्य हुने बताइका छन् ।

सोमवार पारामेडिकल तर्फका विद्यार्थीहरुलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष   प्रा.डा. श्रीकृष्ण गिरीको निवासमा गएर ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारबाट मान्यता प्राप्त विश्व विद्यालय लिने पारामेडिकल क्षेत्रका तर्फका प्रवेश परिक्षामा सम्पुर्ण डिप्लोमा तहका विद्यार्थीलाई छुट्टै कोटाको व्यवस्था भएपनि अहिले लिने प्रवेश परिक्षा सोही कोटा हटाइएकोले पहिले दिइएका कोटालाई यथावत राखी प्रवेश परिक्षा संचालन गरिनुपर्ने माग गरेका छन् । प्रवेश परिक्षाको पाठ्यक्रम ८० प्रतिशत प्रश्न पत्र र कक्षा १२को विज्ञान बिषयबाट सोधिएका पनि डिप्लोमा तहको छुट्टै व्यवस्था हुनु  जानकारी गराएका छन् ।

यस पारामेडिकल क्षेत्रमा पढ्न आउने विद्यार्थीहरु डिप्लोमा तहबाट आउने हुदा प्रवेश परिक्षा पाठ्क्रलाई ५० \५० प्रतिशतका आधारमा बनाइनुपर्ने  र पारामेडिकल बिषयमा देशभरका क्याम्पसहरुमा भएको सिट भन्दा कम संख्यामा विद्यार्थी उर्तीण भएको यसले स्वास्थ क्षेत्र जनशत्ति उत्पादन र पढ्ने चाहाना भएको विद्यार्थीलाई नराम्रो असर पर्ने सक्ने देखिएपछि  तत्कालै देश भरिका क्याम्पसमा आवश्यकता सिट परिपुर्ति गरिदिन अपिल गरेका छन् ।

विद्यार्थीले गरेका माग पुरा नभए बमोजिम आफुहरु आन्दोलनमा जानपनि तयार भएको गाँउवेशी अनलाइनलाई मिलन ढकालले जानकारी दिएका छन् ।   विश्व भरि भएको कोरोना माहामारीलाई कारण अहिले देशमा परिक्षा स्थगित भएको छन् । अहिले दिएका  परिक्षा मा उतीर्ण भएको प्रतिशतलाई आधार मानी नतिजा प्रकाशित गरिनुपर्ने आग्रह  गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता