Logo

कोरोनाको खोप भन्दै ८ हजार बढीलाई नुनपानी लगाइदिएको खु ला सा



एजेन्सी । जर्मनीमा कोरोनाको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ । बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोनाको खोपको साटो नुनपानी लगाइदिएकी हुन् ।

उक्त घटना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आरो पित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् ।

तर, प्रहरीको अनुसन्धानले ८ हजारभन्दा बढीलाई भाईरस विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीको ठहर छ ।

कोरोनाको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन् । उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ ।

तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । अहिलेसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खो प लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि तयार भएको बताइएको छ । सांकेतिक तस्बिर

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता