Logo

देशभरी भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु, खोप लगाउन कहाँ जाने  ?



काठमाडौं । आज (शुक्रवार) देखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। गत असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो।

सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो। आजबाट सुरु हुने अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले २० लाखभन्दा बढी व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिए।

काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता