काठमाडौको गंगबुमा प्रहरीलाई छक्क पार्ने यस्तो घटना, कहाँवाट आयो
काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पे स्तो ल सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पे स्तो ल सहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भा गे पछि शा ङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लु के र बसेका उनीहरूलाई पे स्तो ल सहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेकासँग प्रहरीले एक थान पे स्तो ल, एक थान म्या ग जि न, पाँच रा उ ण्ड गो ली, दुई थान खु कु री र गाँ जा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।