Logo

फाइजर खोप लगाएपछि किन ह्वात्तै घट्छ प्रतिरोध क्षमता  ? ८३ दशमलव ७ प्रतिशतसम्म घट्ने



 

एजेन्सी । महामारी नियन्त्रणका लागि उत्पादन गरिएका को भिड विरुद्धको खोपका बारेमा नयाँ कुरा खुलासा हुँदै गएको छ । खोपका निर्माता फाइजर बायोएनटेक कम्पनीले आफ्नो खोपको दाश्रो डोज लगाएपछि मानिसमा चार देखि ६ महिनाभित्र ८३ दशमलव ७ प्रतिशतसम्म शारीरिक प्रतिरोध क्षमता घट्न सक्ने नयाँ तथ्यांकले देखाएको तथ्य यसै साता सार्वजनिक गरेको छ ।

खोप लगाएका व्यक्तिलाई भविष्यमा केही प्रकारको थप आवश्यक सहयोग चाहिन सक्ने यो पछिल्लो संकेत हो । यसैगरी, फाइजर खोपबारे बुधबार प्रकाशित नयाँ अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको छ । खोप लगाएको पहिलो दुई महिना ९६ दशमलव २ प्रतिशत, दोश्रोदेखि चौथो महिना सम्म ९० दशमलव १ प्रतिशत र चौथो, पाँचौं र छैटौं महिना मानव शरीरलाई कोरोना भाइरस संक्रमण हुनबाट ८३ दशमलव ७ प्रतिशत जोगाउने जनाएको छ ।

फाइजरका प्रमुख कार्यकारिणी अधिकारी अल्बर्ट बोर्लाले दोश्रो डोज खोप लगाएको आठदेखि १२ महिनामा एउटा बुस्टर आवश्यक पर्ने बताएका छन् । बढी मात्रामा फाइजर वितरित भएको इजरायलबाट प्राप्त वास्तविक तथ्यांक र कम्पनीको आफ्नै क्लिनिकल रिसर्चअनुसार अब बुस्टर खोप निर्माण गर्ने आधार यस पछिल्लो प्रतिवदनले प्रदान गरेको छ । तर, के अहिल्यै बुस्टर खोपको आवश्यकता छ भन्ने तत्काल सटिक उत्तर प्राप्त भइसकेको छैन ।

वालस्ट्रिट जर्नलका अनुसार यस वर्ष मात्र फाइजर कम्पनीले खोप बिक्रीबाट ३३ अर्ब ५० करोड अमेरिकी डलर कमाउने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता