ज्वानो पानी खाएर यसरी बन्नुहोस् स्लीम, कसरी गर्छ यसले काम ?
काठमाडौ । मोटोपन अहिलेका मानिसका लागि सबैभन्दा ठूलो समस्या हो । पोटोपन संगै पुक्क निस्केको पेटले मानिसको ब्यक्तित्व पनि नराम्रो देखिन्छ । अहिलेको खानपान र जिवनशैलीका कारण मोटोपन धेरै मानिसका लागि समस्या भएको छ । त्यसका लागि अनेक उपाय अपनाउँदा पनि समस्या समाधान नभएर हैरान भएकाहरुका लागि यो प्राकृतिक उपाय हो । ज्वानो पानीवाट मोटोपन तिन महिनामा घटाउन सकिन्छ ।
एक गिलास पानीमा ज्वानो राखेर रातभरि छोडिदिनुस् । बिहान त्यस पानीलाई सानो आँचमा पकाएर आधा बनाउनुहोस् । त्यो आधा पानीलाई गिलासमा छानेर मह राख्नुहोस् । खाना खानुभन्दा एक घण्टा अघि त्यसलाई खानुहोस् । खाली पेटमा खाँदा यसले राम्रो काम गर्छ ।
यस्तो ज्वानोपानीमा एक चम्चा मह राखेर खाली पेट पिउनुस् । नियमित यसको सेवन गर्दा तौल घटाउन सहायता पुग्छ । यसवाहेक केही शारिरीक गतिविधि पनि गर्नुहोस् । कम्तिमा आधा घण्टा शारिरीक गतिविधि गर्दा पेट घटाउन अझ सजिलो हुन्छ । दिनदिनै कम्तीमा ३० मिनेट व्यायाम र योग गर्नुस् ।
स्वस्थ खानेकुरा खानुस् । तारेको, भुटेको, चिल्लो र मसला हालेको अनि मैदाबाट बनेको खानेकुरा नखानुस् । दिनमा कम्तीमा पनि १० गिलास पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै अंगले राम्ररी काम गर्छन् । एकैचोटिमा बेस्सरी खानुभन्दा अलि अलि गरी थोरै खानुस् । बिहानको खाना १० बजेअघि र रातिको खाना सात बजेअघि खाइसक्नुस् । रातमा कम्तीमा आठ घन्टा मज्जाले सुत्नुस् ।