Logo

रोएका पूजा र आकाश रमाईलो गर्दै मिलेर आए, अर्जुन र दुर्गाले दिए बिहेको सल्लाह (भिडियो हेर्नुहोस्)

केहि दिन अघि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ आफू अभिनित ‘धर्ती आकाश’ बोलको गीतको म्यूजिक भिडियो रिलिज कार्यक्रममा पुगे । लामो समयपछि कार्यक्रम आयोजना भएकाले पनि क्यामेराको संख्या धेरै नै देखियो हलमा । एफक्यू हलमा आयोजित कार्यक्रममा पूजा र आकाशको सम्बन्धमा फाटो आएको पनि स्पष्ट देखियो । हरेक कार्यक्रममा एकसाथ आउने, एकसाथ बस्ने र एकसाथ निस्कने यो जोडी कार्यक्रममा भने बोलचाल समेत गर्न अप्ठ्यारो मानिरहेको थियो । जुन सामाजिक संजाल फेसबुक र टिकटक मै धेरै भाइरल बनेको थियो ।

चलचित्र ‘रामकहानी’मा पूजाको रोजाइमा नायक बनेका थिए आकाश । यसपछि पूजा र आकाशको सम्बन्ध बलियो बन्यो । पूजा र आकाशको जोडीले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना’ लगायतका चलचित्रमा अभिनय गरेको छ । यो अवधीमा पूजा र आकाशको सम्बन्ध यति बलियो बन्यो कि, उनीहरु एक अर्कासँग कहिले पनि अलग नहुने वाचा गर्न पछि परेनन् । बजारमा यी दुइको प्रेम चर्चाको खबर फैलियो । यी दुइले प्रेम भन्दा माथि आफूहरुको सम्बन्ध रहेको बताउँदै आएका थिए ।

तर, फ्यान र चलचित्रकर्मीले रुचाएको यो जोडीविच व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै किनारामा पुगेको आशंका गरेका थिए । पूजाले आकाशसँग अफर आएका केही म्यूजिक भिडियो समेत छाडेको बिभिन्न अनलाइनमा समाचार पनि प्रकासित भएका थिए ।

उसो त, पूजा र आकाशको सम्बन्धमा फाटो यस अगाडि पनि नआएको होइन । तर, पहिले–पहिले एक महिना बोलचाल नगरेर पनि उनीहरु मिल्थे । तर, यसपटक भने यस्तो भएन । केहि दिनको आयोजित कार्यक्रममा पूजाले भनिन्–‘जबसम्म पूजा शर्माको श्वास रहन्छ । तबसम्म आकाशसँगको सम्बन्ध बाँचिरहन्छ ।’ पूजाको यो अभिव्यक्तिले उनीहरुविचको मित्रता नटुट्ने बुझ्न सकिन्छ । ‘धर्ती आकाश’को भिडियो हेर्दै गर्दा पूजा शर्मा लामो समयसम्म रोइन् । उनका आँखाबाट आँशु झरेका थिए ।

आकाशले पनि आफू पुरुष भएर मात्र आँशु देखाउन नसकेको बताउँदै भन्नका लागि मनमा धेरै कुरा रहेको बताए । नेपाली चलचित्र क्षेत्रमा दर्शकले अत्याधिक माया गरेको एक जोडीको सम्बन्धमा फाटो आएको आशंका गरेका थिए । तर, यसपटक भने उनीहरुको सम्बन्ध नजोडिने होइन फेरी मिलेर हाँस्दै संगै अघि बढ्ने बाचाका साथ पुनः आएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता