Logo

पुजाको अर्को वर्ष बिहे ? भन्छिन् ‘जिवनमा कोहि आएको छ, तर त्यो आकाश होइन’



अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट कुराकानीमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएकी हुन् । एक फ्यानले ‘कसम सिंगल हो रु’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल पनि नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

अभिनेता आकाश श्रेष्ठसँग आफू धेरै नजिक भएकाले प्रेमको चर्चा चलेको हुनसक्ने उनको बुझाइ छ । तर, आकाशसँग आफू कहिल्यै प्रेममा नभएको उनी बताउँछिन् । ‘काम गर्दै जाँदा दर्शकले हाम्रो जोडी मन पराउनुभयो । तर, अहिले मलाई आकाशसँग नै बिहे गर्नुपर्छ भनेर दर्शकबाट दबाब आउँछ । यस्तो गर्दा नराम्रो लाग्ने रहेछ । किनकि, मेरो पनि व्यक्तिगत जीवन छ, असर गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता