Logo

करिना कपुर फेरी किन परिन् वि वा दमा ?



एजेन्सी । बलिउड नायीका करिना कपुर बेलाबेलामा चर्चा र वि वा दमा आइरहन्छिन् । उनी अहिले आफ्नो एक पुस्तकको विषयलाई लिएर विवादमा छन् । उनी विरुद्ध उजुरी दर्ता भएको छ । क्रिश्चियन धर्म सम्बन्धित संस्थाले उनी वि रु द्ध उजुरी दर्ता गरेको हो । भर्खरै दोस्रो सन्तानको आमा बनेकी करिनाले आफु गर्भवती भए देखिको अनुभव समेटेर एक पुस्तक सार्वजनिक गरेकी छन् ।

जसको नाम उनले प्रेग्नेन्सी बाइबल राखेकी छिन् जसमा इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी)ले आपत्ति जताएको छ । आफुहरुको पवित्र धार्मीक ग्रन्थको नाम राखेको भन्दै ति संस्थाले आपत्ती जनाएका हुन् ।

कि ताबको नामको विषयमा अब महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले थानामा क रिना कपुर र अन्य दुई जनावि रु द्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन् । ऊजुरीकर्ताले उक्त किताबमा इसाइको पवित्र शब्द ‘बाइबल’ प्रयोग गरेको बताउँदै यसले उनीहरु र क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको बताएका छन् ।

करिना कपुर किताब सार्वजनिक भएदेखि नै विवादमा परेकी छन् । अल इन्डिया मोनिटरिङ बोर्डले पनि यो किताबको टाइटलमाथि आफ्नो आपत्ति जताइसकेको छ । बोर्डका अध्यक्ष डायमण्ड यूसुफले पनि नाममा आपत्ति जताउँदै लेखिकावि रु द्ध मु द्दा दर्ता गर्ने बताएका थिए । ४० वर्षकी करिनाले ९ जुलाई २०२० मा आफ्नो किताब प्रेग्नेन्सी बाइबल सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता