Logo

भ्वाइसको लाइभ शोमा कोच तृष्णाले सोनाम शेर्पालाई यसरी प्रपोज गरेपछि शो मै मच्चियो हंगामा



निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२र१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

द भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनार र मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन अघिल्लो राउन्डका लागि छनोट भएका छन् । पुरा भिडियो यहाबाट हेर्नुहोस ।

अर्को समाचार

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । विहान ९ बजेबाट नेपालनिवास कोटेश्वरमा गौतम र नेपालबीच छलफल भइरहेको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

उनीहरुबीच एकताका सन्दर्भका छलफल भइरहको स्रोतको भनाइ छ।

मंगलबार स्थगित एमाले स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी छ । यसअघि नेपाल पक्ष बिनाको केन्द्रीय कमिटीमा सहभागी भएका गौतम पछिल्ला समय बैठकमा भएको छैनन् ।

यस्तै नेपाल पक्ष भने एमाले ब्यूँतिएपछि बैठकमा सहभागी भएको छ । आइतबार एमाले कार्यदलले पार्टी एकताको आधार तयार पार्दै १० बुँदे सहमति गरेको छ । त्यसको कार्यान्वयनका लागि ओली र नेपालबीच भेटवार्ताको पनि तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता