Logo

आँचल आमा बन्दैछिन् ? फेसवुक मार्फत दिइन् यस्तो जानकारी



काठमाडौ । नायिका आँचल शर्मा गर्भवती छन् ? अहिले सामाजिक सञ्जालमा यस्तो कुरा उठेपछि नायिका आँचलले त्यसको जवाफ दिएकी छन् । उनले आफ्ना बारेमा आएका कतिपय समाचार सत्य नभएको बताएकी छन् ।

उनले आफ्ना फ्यानलाई आग्रह गर्दै गलत समाचारमा विश्वास नगर्न आग्रह गरेकी हुन् । नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ ।

सो कुराको जवाफ दिँदै उनले आफ्नो बारेमा स्पष्ट पारेकी छन् । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले आफ्ना बारेमा आएका यस्ता गलत समाचारको विश्वास नगर्न फ्यानलाई आग्रह गरेकी छन् ।

उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’

आँचलले केही राम्रो कारणले गर्दा अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको पनि स्पष्ट गरेकी छन् । अ आमा बन्ने भएपछि म आफै यस विषयमा जानकारी गराउनेछु उनले भनेकी छन् । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । उनीहरुको विवाहको निकै चर्चा भएको थियो । आँचलले विवाहमा लगाएको कपडा, गहना लगायतका विषयमा निकै चर्चा भएको थियो ।

हेलिकप्टर लिएर आँचल र उनका पति विवाह पार्टीमा सहभागी भएको कुरा पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले, चाडै नै चलचित्र बनाउन लागेको खबर समेत केही समय अगाडि बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता