Logo

‘यो क्षेत्रीको वचन हो, प्राण जाओस्, वचन नजाओस्, मैले झुटो बोलेको रहेछु भने, सबै अवार्ड फिर्ता गर्छु’ : अभिनेत्री कंगना



काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अभिनेता सुशान्त सिंह राजपूत केसमा पहिल्यैबाट उनको मृत्युको पछाडि अवश्य नै कसैको हात रहेको बताउँदै आएकी छन् ।

उनले जस्टिस फर सुशान्त क्याम्पनलाई मज्जाले समर्थन गर्दै आएकी छन् । साथै उनले यो केस लामो समयसम्म आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै आईरहेकी छन् ।

अब सुशान्त केसमा हत्याको एंगल्स खारेज भएपछि सोसल मिडियामा उनी ट्रोल बनेकी छन् । यसमा उनले बुधवार साँझ एक ट्वीट गर्दै जवाफ दिएकी छन् ।

उनले एक पुरानो इन्टरभ्यूको एक भिडियो शेयर गर्दै यदि आरोप झुटो साबित भए आफूले पाएका सबै अवार्ड्स फिर्ता गर्ने बताएकी छन् ।

उनले भिडियो शेयर गर्दै लेखेकी छन्, ‘यो हो मेरो भिडियो, याद गर्ने क्षमता कमजोर छ भने फेरि हेर्नुहोस्, यदि मैले झुटो बोलेकी रहिछु भने, मैले पाएका सबै अवार्ड्स फिर्ता गर्नेछु, यो एक क्षेत्रीय वचन हो, म राम भक्त हूँ, प्राण जाओस् तर वचन जाँदैन, जय श्रीराम ।’

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता