Logo

सन्जय दत्त हिरोइनको पछि चक्कु लिएर दौडनुको कारण यस्तो रहेछ



एजेन्सी, बलिउडका हस्ती सन्जय दत्त कुनै समय नशामा चुर्लुम्म थिए । उनी ला गुऔ षध र र क्सीको नशामा २४ सै घन्टा डुबेका हुन्थे ।

एक पटकको कहानी रोचक छ । एक फिल्म निर्माता तथा निर्देशकले सन्जय दत्तलाई लिएर फिल्म बनाउन लागेका थिए । रातको समय थियो । उनले राम्रोसँग डाइलग्स पनि बोल्न सकेका थिएनन् । तर उनले फिल्मको पुरै पैसा लिइसकेका थिए ।

नशामा भएका सन्जयले अजीबको हर्कत गर्दै आएका थिए । उनको कारण फिल्मलाई पनि प्रभाव पर्न थाल्यो । फिल्मको शुटिङको क्रममा सन्जयले अभिनेत्री पद्यिनी कोल्हापुरेसँग पनि भनाभन गर्न थाले ।

नशाको सुरमा सन्जयको दिमाग घुम्न थाल्यो र पद्यिनी घर जान निस्किएर अलि अगाडी पुगिन् । सन्जय दत्त चक्कु लिएर पद्यिनीको पछि दौडन थाले । धेरै समयपछि मात्र उनको रिस शान्त भयो । यो कुरा सन्जयको बाबुले थाहा पाएर उपचारको लागि उनलाई जमर्नी लगे । स्रोतः वेबदुनिया

अर्को समाचार

सरकारले वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गर्ने भएको छ ।गाउँपालिका तथा नगरपालिकाहरूमा वित्तीय सुशासनका आधारमा अनुदान दिनेगरी सरकारले ‘वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७’ ल्याएको छ ।

संघीय मामिला मन्त्रालयबाट स्वीकृत कार्यविधिमा वित्तीय सुशासन पालना गर्ने पालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गर्ने समेत उल्लेख छ । वित्तीय सुशासन कार्यविधिको आधारमा सरकारले पालिकाहरूलाई अनुदान थपघट गर्ने अधिकार सरकारलाई दिएको छ ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालयले पालिकामा सञ्चालन हुने योजना र कारोबारमा हुने परदर्शितालाई आधार मानेर अनुदान थपघट गर्नेछन् ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गर्न र वित्तीय सुशासन कायम गर्न उक्त कार्यविधि ल्याएको संघीय मामिला मन्त्रालयको स्रोत समन्वय शाखाका अधिकृत राजकुमार बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता