Logo

बलिउडमा कोरोनाको झट्काः सुर्यवंशी, राधे र ८३ जुलाई पछि रिलिज हुने



एजेन्सी, । कोरोना ले धेरै देशहरु आक्रान्त बनेका छन् । पछिल्लो समयमा भारतमा एकैदिन डेढलाख भन्दा बढी थपिएका छन् । त्यसको असर मनोरन्जन क्षेत्रमा पनि परेको छ ।

अक्ष कुमारको ‘सुर्यवंशी’ फिल्म ३० अप्रिलमा रिलिज मिति तोकिएको थियो । तर अब भने सो मितिमा रिलिज नहुने भएको छ । त्यसैगरी, सलमान खानको फिल्म ‘राधे’ पनि तोकिएको मितिमा रिलिज नहुने निर्माण पक्षले जनाएको छ । निर्माताहरुले फिल्म तत्काल रिलिज नहुने र जुलाई पछि मात्र रिलिज हुने बताएका हुन् ।

कंगना रनौटको फिल्म ‘थलाइवी’ को रिलिज मिति पछि सर्ने भएको छ । जुनमा रिलिज मिति तोकेको रणवीर सिंहको ८३ र रणवीर कपुरको शमशेरा पनि घोषणा गरिएको मितिमा रिलिज नहुने भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता