Logo

विवाह अगाडी गर्भवती भएका यी बलिउडका अभिनेत्रीहरु



एजेन्सी । बलिउडमा सुन्दर अनुहारहरु धेरै छन् । सुन्दर अनुहारमा जो कोही पनि आकर्षित हुनु स्वाभाविक हो । आकर्षक अनुहार भएकै कारण कलाकारहरुको रोमान्सको खबर आइरहन्छ । कयौपटक रोमान्सले हद पार गर्दा सुन्दर अभिनेत्रीहरु गर्भवती हुन पुगेका थिए ।

बलिउड अभिनेत्री दीया मिर्जाले दोस्रो विवाह गर्नुपुर्व नै गर्भवती भएकी थिइन् । अभिनेत्रीले सामाजिक सञ्जालमार्फत विवाह पहिले नै गर्भवती भएको स्पष्ट पारेकी थिइन् ।
यसैगरी, चर्चित अभिनेत्री श्रीदेवी बिरामी हुँदा बोनी कपरले धेरै सहयोग गरेको कारण मन जितेका थिए । उनीहरुले १९९६ मा अचानक विवाह गरेर सबैलाई आश्चर्यमा पारे । श्रीदेवी गर्भवती भएको कारण विवाह स्विकारेको खबर बाहिर आएको थियो ।

त्यस्तै, सेलिना जेटली पनि विवाह अगाडी नै गर्भवती भएपछि तुरुन्त प्रेमी पिटरसँग विवाह गरेकी थिइन् । उनले २ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यस्तै, अर्की अभिनेत्री महिमा चौधरीले पनि गर्भवती भएपछि बाबी मुखर्जीसँग विवाह गरेकी थिइन् । मलाइका अरोराको बहिनी अमृता अरोराले पनि गर्भवती भएको कारण तुरुन्त व्यापारी शकीलसँग विवाह गरेकी थिइन् ।

फिल्म सुटिङको क्रममा कमल हासनसँग नजिकिएकी सारिकाले गर्भवती भएपछि विवाह गरेकी थिइन् । त्यस्तै, अभिनेत्री नीना गुप्ता पनि विवाह अगाडी नै गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता