Logo

कोरोना लागेर अस्पताल भर्ना भएकी अभिनेत्री आलियालाई आइपर्यो अर्को बिपत



इजेन्सी । अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘गंगुबाई काठियावाडी’ सुरुदेखि निकै चर्चामा छ । यो चलचित्रले बेला बेलामा एकमाथि अर्को झमेला भोग्नुपरिरहेको छ । भारतीय सञ्चार माध्यमले मुम्बईको महानगर मजिस्ट्रेट अदालतले अभिनेत्री भट्ट र निर्देशक भन्सालीलाई मानहानी मुद्दाको सम्बन्धमा आदेश जारी गरेको जनाएका छन् ।

उनीहरुविरुद्ध गंगुबाईका धर्मपुत्र बाबुराव शाहले मुद्दा दायर गरेका हुन् । उनले ‘गंगुबाई काठियावाडी’ चलचित्रले आफ्नो परिवारलाई गलत रुपमा चित्रण गर्ने र तथ्य तोडमरोड भएको जिकिर गरेका छन् । यस चलचित्र हुसेन जैदीको पुस्तक, मुम्बईकी ‘माफिया क्विन्स’ को अध्यायमा आधारित रहेको छ । यसे मुद्दामा उनलाई समेत अदालतले बोलाएको छ ।

आदेशमा अभिनेत्री आलिया, निर्देश्क संजय र हुसेन जैदीलाई आगामी २१ मेसम्म अदालतमा हाजिर हुन भनिएको छ । यस पहिले बाबुराव शाहले मुम्बईको नागरिक अदालतमा चलचित्र बनाउन र प्रदर्शन गर्न रोक लगाइयोस् भनेर निवेदन दिएका जसलाई अदालतले खारेज गरेको थियो । ‘गंगुबाई काठियावाडी’ वेश्यालय सञ्चालकको कथामा आधारित चलचित्र हो ।सौर्य दैनिकमा खबर छ ।

यसको प्रमुख भूमिका अभिनेत्री आलिया निर्वाह गरेकी छन् । त्यस्तै, चलचित्रमा अजय देवगनको समेत मुख्य भूमिका रहेको छ । जुलाईमा सार्वजनिक हुने तयारीमा रहेको यो चलचित्र विवाद र कोरोना कहरका कारण केही समय धकेलिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता