Logo

कार्यक्रममा अचानक नीताको बुवाको प्रवेश हुँदा हरिहर अधिकारी किन गायव भए (भिडियो हेर्नुस्)



श्रीमत भागवत गीताको अफिसियल अनाउन्समेन्टको कार्यक्रममा अभिनेत्री नीता ढुंगाना पुगेकी थिइन् । उनीहरुले यो प्रोजेक्टको अफिसियल अनाउन्समेन्ट गर्न लागेका थिए । जसमा नीता ढुँगाना र पुस्कल मुख्य छन् । यो औपचारीक कार्यक्रममा अभिनेत्री निताको वुवा पनि पुगेका थिए । उनीहरु धार्मीक पहिरनमै पुगेका थिए । नीताको गलामा माला थियो भने पुस्कल पनि धार्मीक पहिरनमा थिए । पुस्कल धार्मीक आस्था मान्ने भएकाले पनि यो प्राजेक्टमा सहभागी हुन पाउँदा आफुलाई खुसी लागेको बताएका छन् ।

तर नीताको यति ठूलो कार्यक्रमको घोषणा हुँदा नीताको प्रेमी हरिहर अधिकारी भने देखिएनन् । उनी पनि यो कार्यक्रमका मुख्य पात्र हुन् । तर उनी सहभागी नभएका कारण सहभागी अन्यले प्रश्न गरेका थिए । यस वारेमा प्रश्न गर्दा नीताले उनी अन्य काममा व्यस्त भएका कारण सहभागी हुन नपाएको बताइन् । उनले यो औपचारीक घोषणामा सहभागी हुन आवश्यक नठानेर सहभागी नभएको हुनसक्ने बताइन् । उनले अन्य योजनामा भने हरिहर संधै सहभागी भएको बताइन् ।

ज्योतीष हरिहर अधिकारीले ज्योतीष विद्या प्रति विश्वास राख्थेनन् । त्यसैले त्यो भित्र के छ भनेर जान्न ज्योतिष विद्या पढे । तर अहिले उनी यहि क्षेत्रवाट करिब विश्व चर्चित भएका छन् । उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्तिहरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको बताएका छन् ।

म ज्योतिष शास्त्र मान्ने भन्दा नमान्नेहरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति चर्चित हुँला भन्ने कल्पना गरेको थिइन् । उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भावना रहेको बताएका छन् । २०७८ साल रोग कारक भएका कारण सबैले निकै चनाखो हुनुपर्ने बताएका छन् । रोग कारक ग्रह राजा र मन्त्री दुवै रहेकाले मंगलवार माछा मासु खान छोडिदिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता