Logo

आदित्य नारायण र उनकी पत्नीलाई कोरोना पुष्टि



एजेन्सी । आदित्य नारायण र उनकी पत्नीलाई कोरोना गायक तथा इन्डियन आइडल सिजन १२ का उद्घोषक आदित्यनारायण झालाई कोरोना संक्रमण भएको छ। आदित्यसँगै उनकी पत्नी स्वेता पनि कोरोना संक्रमित भएकी छन्। आदित्यनारायणले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू र पत्नी स्वेता कोरोना पोजेटिभ भएको बताएका छन् ।

आदित्य दम्पती क्वारेन्टिनमा रहेका छन् ।आदित्यलाई कोरोना पोजेटिभ देखिएसँगै इन्डियन आइडलको सुटिङ रोकिएको छ । अब टिमका सबै सदस्यहरुको कोरोना टेस्ट गरिने बताइएको छ । अहिले टिमका सबै जज र सबै सदस्यहरु क्वारेन्टिनमा छन् ।आदित्यलाई कोरोना देखिएसँगै उनको स्थानमाा जय माहीले इन्डियन आइडल उद्घोषण गर्नेछन् ।

थप समाचार – अभिनेता तथा निर्माता अजय देवगनको प्रोडक्सन हाउसका १२ जनाविरुद्ध कोभिड(१९ गाइडलाइन उल्लंघन गरेको आरोपमा मानिकपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। चलचित्र ‘मेडेको छायांकनको क्रममा मास्क नलगाएको, भौतिक दूरी कायम नगरेको आरोप लागेको छ। तर चलचित्र निर्माण पक्षले भने आफ्ना कुनै पनि सदस्यविरुद्ध उजुरी दर्ता नभएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता