डिभोर्स भएको ४ वर्षपछि अरवाज खानले पूर्वपत्नी मलाइकालाई पठाए यस्तो उपहार, मलाइकाले सार्वजनिक गरिन् भिडियो
एजेन्सी । चार वर्ष अघि नै अभिनेत्री मलाइका अरोडा र उनका पति अरवाज खान अलग भइसकेका हुन् । उनीहरु कानुनी रुपमा नै अलग छन् । सन् २०१७ मा उनीहरु अलग भएका हुन् । तथापि, सम्बन्ध विच्छेद पछि पनि, दुई बीचको सम्बन्ध राम्रो छ। दुबै आ९आफ्नो जीवनमा प्रगति गरेका छन्। उनीहरु आफ्नो जिवनमा निकै अगाडी बढिसकेका छन् ।
दुवै जना जिवनमा खुसी छन् । मलाइका अर्जुन कपूरसँग नजिक छन् । उनहरु डेट गरिरहेका छन् । यता अरवाजको जिवनमा पनि युवतीको प्रवेश भइसकेको छ । अरबाज जर्जिया एन्ड्रेनीसँग सम्बन्धमा छन्। तर पनि उनीहरुले लामो समय संगै विताएको पल भने सम्झना गरिहन्छन् भन्ने कुराको संकेत मलाइकाले गरेकी छन् ।
भर्खरै अरबाजले एक्स वाईफ मलाइकालाई विशेष उपहार पठाएका छन् । यस उपहारको भिडियो मलाइकाले उनको ईन्स्टा स्टोरीमा साझा गरेकी छन् । मलाइकाले भिडियो साझा गरिन् र भनिन् कि उनले अरबाजबाट एउटा उपहार प्राप्त गरेकी छु ।
वास्तवमा, अरबाजले मलाइकालाई एउटा आँप बक्स पठाएका थिए । जसको भिडियो मलाइकाले इन्स्टा स्टोरीमा साझेदारी गर्दा खुशी व्यक्त गरेकी छन्। उसले लेखेकी छन्९ अरबाज खान र आँप उत्पादन गर्नेलाई धन्यवाद । तपाईं यसलाई अनलाइन पनि किन्न सक्नुहुन्छ। एक अर्काबाट छुट्टिए पछि, यो पहिलो पटक हो जब दुई जना बीच यस्तै उपहारहरू पठाउँदै गरेको खबर आएको छ।