Logo

अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी डेटिङका लागि भारतमा ! सार्वजनिक भयो यस्तो तस्बिर (भिडियो हेर्नुस्)



काठमाडौं । नेपाली फिल्म क्षेत्र गसिपका एउटा राम्रो वजार हो । कला क्षेत्रमा रहेकाहरुका बारेमा विभिन्न किसिमका गसिप बन्ने गरेका छन् । सबैभन्दा बढी हुने भनेको कलाकारको प्रेम र सम्बन्धका बारेमा हो । कलाकारको ब्यक्तिगत जिवनका बारेमा सर्वसाधारणलाई धेरै चासो हुन्छ । त्यसैले पनि यस्तो गसिप धेरै चर्चीत हुन्छन् । अनेक अड्कलवाजी गरिएका गसिप चल्ने गरेका छन् ।

हप्तै पिच्छे आउने यस्तो गसिप कति सत्य हुन्छ त कति हल्ला मात्र हुन्छ । नायीका निता ढुंगानाको प्रेमको फेरी चर्चा हुन थालेको छ । अहिले उनको प्रेमको चर्चा चर्चीत ज्यातीष हरिहर अधिकारीका साथमा रहेको गसिप सुरु भएको छ । हरिरह नायक पनि हुन् ।

नायीका नीता यतिबेला भारतमा छन् । उनी एउटा फिल्मका लागि भारत गएको बताइएको छ । तर यता एकाएक केही दिन यता ज्योतिष हरिहर अधिकारी पनि हराएका छन् । हराएका हरिहरले एक दिन सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गरे त्यसमा उनले जुन चश्मा लगाएका छन् त्यही चश्मा लगाएको अर्को तस्बिर नीता ढुंगानाले पनि पोष्ट गरिन् । यहि तस्बिरको आधारमा अहिले उनीहरु संगै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

साथै चैतमा जन्मदिन रहेका हरिहरलाई नीताले भ्यालेन्टाइन डे को दिन दुई जनाको तस्बिर राखेर जन्मदिनको शुभकामना दिएकी छन् । उनले हेपी भ्यालेन्टाइन भन्न नसकेर हेपी वर्थ डे भनेको हुनसक्ने अनुमान पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता