Logo

चारवर्ष अघिको ऋतिक कंगना विवाद फेरी बल्झियो, प्रहरीले बोलायो ऋतिकलाई



एजेन्सी । चार वर्ष देखिको अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको विवाद फेरी बल्झिएको छ । इमेल विवाद बल्झिएपछि प्रहरीले अभिनेता ऋतिक रोशनलाई मुम्बई प्रहरीले अनुसन्धान का लागि बोलाएको छ। प्रहरीको अ प रा ध महाशाखाले रोशनलाई शनिबार बिहान ११ बजे उपस्थित हुन भनेको छ। उनीहरुबीच चार वर्ष अघि विवाद भएको थियो ।

उनीहरुबीच लामो समय प्रेम थियो । तर विवाह गर्ने विषयमा विवाद भएपछि सम्बन्ध विग्रिएको थियो । त्यसबीचमा उनीहरुले एक अर्कालाई आरोप लगाएका थिए । सन् २०१६ मा ऋतिक रोशनले कंगनाविरुद्ध मु द्दा दायर गराएका थिए। २०१३ देखि २०१४ सम्म कंगनाको आइडीबाट उनलाई १०० भन्दा बढी इमेल आएको दाबी ऋतिकले गर्दै आएका छन्।

तर कंगनाले भने त्यो कुरा अस्विकार गर्दै आएकी छन् । कंगनाले ऋतिकले नै ति इमेल आफै पठाएको बताउँदै आएकी छन् । यस मु द्दामा प्रहरीले ढिलासुस्ती गरेको आरोप लागेपछि यो मु द्दा साइबर सेलबाट मुम्बईको क्राइम इन्टेलिजेन्स यूनिटमा पठाएको थियो।

यस मुद्दामा कंगना र ऋतिकले एकअर्कालाई नोटिस पठाएका थिए। कंगनाले ऋतिकलाई ‘सिल्ली एक्स’ भनेपछि यो घटना बाहिर आएको थियो। उनीहरु दुवै जना सम्बन्धमा रहेको बेलामा मेल आदानप्रदान भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता