Logo

ज्याकलिनले किनिन् प्रियंकाको यति सुन्दर घर, मुल्य सुनेर पर्नुहुनेछ चकित्



एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाको घर खरिद गरेकी छिन्। निकै महंगो मुल्यमा उनले प्रियंकाको घर किनेकी हुन् ।

हिन्दुस्तान टाइम्सका अनुसार ज्याकलिनले मुम्बईको जुहुस्थित प्रियंकाको पुरानो घर खरिद गरेकी हुन्। प्रियंका अहिले अमेरिका बस्दै आएकी छन् । विवाह पछि उनी अमेरिका सेटल भएपछि मुम्बईमा भएको घर बेचेकी हुन् ।

उक्त घर ७ करोड भारुमा किनबेच भएको बताइएको छ। हाल ज्याकलिन उक्त घरमा सरिसकेकी छिन्। यसअघि ज्याकलिन मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी थिइन्।

प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता