Logo

हुनेवाला पतिलाई भ्यालेन्टाइन डे मा अञ्जु पन्तले यसरी गरिन् प्रेम अभिब्यक्त



काठमाडौ । अहिले गायीका अञ्जु पन्त विवाहको खबरले चर्चामा छन् । उनले अब निकट भविष्यमै दोस्रो विवाह गर्न लागेकी छन् । पुनः विवाह गर्न लागेकी गायिका अञ्जु पन्तले हुनेवाला पति थिर कोइरालालाई प्रेम अभिब्यक्ति गर्दै तस्बिर सार्वजनिक गरेकी छन् । उनले कोइरालासँग सेल्फी खिच्दै भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन्।

भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिन ९आइतबार० कोइरालासँग सेल्फी खिच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गायिका पन्तले लेखेकी छन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे माई लभ्ली हिरो।’

एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन्। इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाडौंमा छन्। दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन्।

तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग बताएका छन्। करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता