Logo

एउटा चुम्बनको दृश्यले ल्यायो दीपिका–रणवीरलाई नजिक, ६ वर्षको सम्बन्धपछि गरे विवाह



एजेन्सी । भ्यालेनटाइन्स डे नजिकिँदै छ । यस्तोमा आज हामी बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये एक रणवीर सिंह र दीपिका पादुकोणको प्रेम कहानीबारे जानकारी लिँदै छौं जुन निकै फिल्मी छ ।

रणवीर र दीपिकाले १४ नोभेम्बर, २०१८ मा कोंकणी रीति–रिवाजमा इटलीको लेक कोमोमा विवाह गरेका थिए । विवाह अघि यी दुईले एक–अर्कालाई ६ वर्षसम्म डेट गरे । उनीहरु बीचको निकटता सन् २०१२ मा फिल्म गोलियों की रासलीला–रामलीलाको सेटमा बढ्यो जो उनीहरुले सँगै अभिनय गरेको पहिलो फिल्म थियो ।

चुम्बनले ल्यायो यी दुईलाई नजिकः

एक अन्तरवार्तामा फिल्मका क्रु सदस्यले भनेका थिए, ‘सन् २०१२ मा सञ्जय लिला भंसालीको फिल्म गोलियों की रासलीला–रामलीलाको सेटमा अंग लगा दे गीत छायांकन गर्नुपर्ने थियो । दुबैले गीतको अन्त्यमा एउटा किसिङ सीन छायांकन गर्नुपर्दथ्यो । यो सुटिङका बेला दुबैले निर्देशकले कट भन्दा पनि एक अर्कालाई चुम्बन गरिरहे । त्यो रात सेटमा ५० जनाको उपस्थिती थियो र यो देखेर सबैजना चुप भएका थिए । त्यसपछि मात्रै पुष्टि भएको थियो कि यी दुई प्रेममा छन् ।’

भ्यानिटी भ्यानमा घण्टौं बिताउथे समयः

त्यसपछि दुबै सेटमा आउँदा एक–अर्कालाई बेबी भनेर बोलाउँथे, सँगै खाना खान्थे र सुटिङ नहुँदा भ्यानिटी भ्यानमा घण्टौं समय बिताउँथे । सबैलाई लागेको थियो कि फिल्मको सुटिङ पछि यी दुईको प्रेम पनि बिलाउनेछ तर यस्तो भएन । त्यसपछि जब यी दुईको जोडी बाजीराव मस्तानीमा सँगै देखियो तब धेरैले सोचेकी यो सम्बन्ध टाढासम्म जानेछ ।

ग्रुप डिनरका बेला पनि यी दुईको नजर एक–अर्कामाथि मात्रै टिकेको हुन्थ्यो । दुबै घण्टौंसम्म कुरा गर्दथे । जब दीपिका वरिपरि हुन्थिन् तब रणबीर उनलाई मात्रै हेर्ने गर्दथे ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने बाजीरावको सुटिङका बेला रणवीर सुटिङका बेला रणवीरले आफ्नो सीन दिएपछि सेटबाट जाँदैनथे । उनी दीपिकाका लागि त्यहाँ नै बसिराख्थे । उनका लागि आफ्नोभन्दा दीपिकाको करियर महत्वपूर्ण हुन्थ्यो । उनी पहिलो यस्ता व्यीिक्त हुन् जसले दीपिकालाई हलिउड जाने सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता