Logo

आमाले भारतीलाई जन्माउन नचाहेको रहस्य यस्तो रहेछ यसरी बनिन् भारतकी हाँस्य भारती रानी



एजेन्सी । भारतीय हाँस्य कलाकार भारती सिंहको जीवन संघर्ष सुन्दा जो कोहीको पनि आखाँ रसाउँछ । भारती जन्मनु अघि नै उनले आफ्नो जीवन संघर्ष आमाकै पेटमा छँदादेखि नै गर्नु परेको कुरा जब सुनाईन् तब उनका कुरा सुन्ने त भावुक भए भए साथै उनि पनि ।

भारतीको बुवा भारती दुई वर्षको हुँदा बितेका थिए । त्यसपछि उनलाई आमाले नै हुर्काएकी थिईन् । उनकी आमा कम्बल कारखानामा काम गर्थिन् । त्याहाँको काम सकेर भारतीकी आमाले दोपट्टा बनाउने ठाउँमा काम गर्थिन् । त्यो समयमा भारतीकी आमालाई पैसाको खाँचो थियो । त्यसैले उनले जसरी भएपनि पैसा कमाउनकोलागी खटेर काम गर्ने गर्थिन् ।

आमाले आफुहरुलाई हुर्काउनकोलागी गरेको त्यो संघर्षलाई स्मरण गर्दै भारतीले भनिन्,‘हामी हरेक उत्सवमा रुन्थेउँ । किनभने हामीसँग पैसा हुँदैनथ्यो । अभावकै कारणले गर्दा म मेरो उमेर भन्दा अघि हुर्किसकेका थिएँ ।’

भारतीले आफ्नो उडानको कथा सुनाउँदा उनी अमृतसरको कलेजको दिनलाई सम्झिन चाहान्छिन् । त्यो समयमा भारतीलाई अहिलेका एक प्रसिद्ध कमेडियन कपिल शर्मा चिन्दथे । कपिलले नै भारतीलाई आज यो ठाउँमा ल्याउनमा सहयोग गरेका हुन् । भारती र कपिलको सम्बन्ध दाजु बहीनिको जस्तो छ । भारती सिंह पक्राउ परेपछि प्रयोगकर्ताहरूले कपिल शर्मालाई ट्वीटरमा ट्रोल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता