Logo

यस्ती देखिइन नायिका अनुष्का, छोरीको आमा बनेपछि पहिलो पटक सार्वजनिक



एजेन्सी । आमा बनेपछि नायिका अनुस्का शर्माको पहिलो पटक तस्विर बाहिर आएको छ । अनुष्का पति विराट कोहलीको साथमा मुम्बईको बान्द्रामा फेला परेकी छन् ।

उनी औषधि पसलमा जाँदै गर्दा फेला परेको भारतिय मिडियाले जनाएका छन् । बच्चा जन्मिएको १० दिनपछि उनी पहिलो पटक बाहिर फेला परेकी हुन् । सञ्चारकर्मीले अनुमति बिना तस्विर लिएको भन्दै रिसाएकी अनुस्कालाई फकाएर केही फोटो पनि खिचिएको छ।

अनुमति लिएर प्राइभेसीको ख्याल राखेकोमा अनुस्काले धन्यवाद दिएको पनि समाचारमा जनाइएको छ। च्चा जन्मिएपछि अनुष्का निकै फिट देखिएकी छन्।

यी दुईले आफ्नी छोरीको तस्बिर भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । जनवरी ११ मा यो जोडीले छोरीलाई जन्म दिएका थिए ।यसले उनीहरुमात्रै हैन, यी दुवैका फ्यानहरु पनि निकै खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता