Logo

अक्षय कुमारकी आमाको निधन, अक्षयले के लेखे यस्तो भावुक स्टाटस ?



एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।

आमाको नाममा अक्षय कुमारको पोस्टः
अक्षय कुमारले आफ्नो पोस्टमा लेखेकी छन्, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पी डा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटिया आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’

अक्षय कुमारको यो पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिएका छन् ।

फिल्मको छायाँकन छोडेर मुम्बई आएका थिएः
अक्षय कुमारकी आमाको स्वास्थ्य निकै लामो समयदेखि ठिक थिएन । ३ सेप्टेम्बरमा अरुणा भाटियालाई मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो । उनी आइसीयूमा थिइन् । उनको स्थिति निकै नाजुक थियो । आमाको स्वास्थ्य खराब भएको जानकारी पाएपछि अक्षय कुमार लण्डनबाट तुरुन्तै मुम्बई फर्किएका थिए । अक्षय आफ्नो फिल्म सिन्ड्रेलाको छायाँकन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता