Logo

घरको यस्तो नराम्रो खबर पुगेपछि फिल्मको काम छोडेर अचानक बेलायतवाट फर्किए अक्षय



एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म छायाँकनका लागि बेलायतमा थिए । तर यता घरवाट नराम्रो खबर पुगेपछि उनी अचानक फिल्मको काम छोडेर मुम्बई फर्किएका छन् । भारतीय मिडियाका अनुसार उनकी आमा अरुणा भाटियाको अवस्था गम्भीर रहेको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार उनी मुम्बईको एक अस्पतालको आईसीयूमा भर्ना छन्। अभिनेता अक्षय कुमार आफ्नी आमालाई भेट्न बेलायतबाट मुम्बई फर्किएका छन्। अक्षय कुमार सोमबार बिहान आफ्नो बिरामी आमा अरुणा भाटियालाई भेट्न बेलायतबाट फर्किएका हुन्।

अर्को समाचार

यतिबेला ‘ओ माई गड २’ को सुटिङ चलिरहेको छ । अगस्ट १ मा अभिनेता पंकज त्रिपाठीले मुम्बईमा यसको सुटिङ गरेका थिए । यस सामाजिक कमेडी फिल्ममा पंकजबाहके अक्षयकुमार र यामी गौतम पनि मुख्य भूमिकामा देखिँदैछन् ।

मिडिया रिपोर्टस्अनुसार यस फिल्मको कथा भारतीय शिक्षा प्रणालीमा केन्द्रीत हुनेछ । ‘ओ माई गडको पहिलो संस्करण धर्ममा आधारित थियो । ओड माइ गड २ शैक्षिक प्रणालीमा आधारित हुनेछ,’ निर्माण पक्षलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखका छन् ।

अक्षयकी आमा हिरानन्दानी अस्पतालमा भर्ना छन्अक्षय कुमारकी आमा अरुणा भाटिया केही दिनदेखि अस्वस्थ छन् र मुम्बईको हिरानन्दानी अस्पतालको आईसीयूमा भर्ना छन्। यस्तो अवस्थामा अक्षय कुमार युके बाट आफ्नो फिल्म सिन्ड्रेला को छायांकन छोडेर भारत फर्किएका छन्। अक्षय आफ्नी आमा संग धेरै जोडिएको छ। यही कारणले उनले आफ्नो अस्वस्थताको कारण फिल्मको काम बीचमै छोडेर भारत फर्कने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता